बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृत भेटिए

सिमकोट । घरबाट बेपत्ता भएको सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा भेटिएका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेरा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबारबाट बेपत्ता भएको उनी चार दिनपछि सोमबार घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको अवस्थामा मृत भेटिएका हुन् ।
मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।