प्रदेश लोक सेवा आयोग हेटौंडाको वार्षिकोत्सव सम्पन्न

मकवानपुर । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको चौंथो वार्षिकोत्सव मंगलबार हेटौंडामा सम्पन्न भएको छ ।
कार्यक्रम बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठको सभाध्यक्षता एवम् बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आत्थियतामा भएको हो ।
सो क्रममा प्रदेश प्रमुख शर्माले नेपाली समाजमा अहिले विकास क्रमसंगै विकृतिहरु भित्रिएकोमा दुःख व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरे ।
प्रदेश लोक सेवा आयोगले निश्पक्ष र स्वतन्त्र रुपमा काम गरेर देशको पद्धतिलाई जोगाउने काम गरेको उनको भनाई छ । उनले आयोगमा पनि केही समस्याहरु भएकाले त्यसको सुधारसंगै व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमतीका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल, उधोग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, पूर्ब मुख्यमन्त्री डोरमणी पौडेल, हेटौंडा उपमहानगरपालीकाकी मेयर मिनाकुमारी लामालगायतको सहभागिता रहेको थियो ।