धनगढीमा भीषण आगलागी

तु खबर संवाददाता
२०८० मंसिर २, शनिबार ०९:२२
file photo

धनगढी । धनगढीमा गएराति भएको भीषण आगलागीबाट एक अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ ।

आगलागीबाट जिल्लाको सारथि अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार, अस्पताल नजिककै रहेको जुत्ता चप्पलको होलसेल पसलको गोदामबाट विद्युत सर्ट भई आगलागी हुँदा अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको हो ।

आगलागीबाट मानवी क्षति भने भएको छैन । उक्त आगो धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो । आगलागीबाट के–कति क्षति पुगेको भनि विवरण आउँन बाँकी रहेको जनाइएको छ ।