आजदेखि अवैध मोबाइलमा ‘एमडिएमएस’ प्रणाली लागू

तु खबर संवाददाता
२०८० कार्तिक २०, सोमबार ०९:१५
file photo

काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागू हुने भएको छ ।

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर उक्त प्रणाली लागू गर्न लागिएको हो ।

प्राधिकरणले गत वर्ष असोज १ देखि परीक्षणका रूपमा संचालनमा ल्याइएको सो प्रणालीलाई त्यसको एक वर्षपछि संचालनमा ल्याउन लागेको हो ।

प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको जानकारी गराउँदै अध्यक्ष खनालले त्यसपछि आएको धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट प्रयोगमा रोक लगाउने भएको बताए ।