ट्याक्सी दुर्घटनामा परेर पाँच जना घाइते

बुटवल । पाल्पाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा पोखरा उप–महानगरपालिका –१५ का ३८ वर्षीय सुरेश, ट्याक्सीमा सवार सोही ठाउँका ७४ वर्षीय धन बहादुर गुरुङ, ७० वर्षीय गङ्गा गुरुङ,४० वर्षीय विनोद गुरुङ, बुटवल उप–महानगरपालिका –१० रामनगरका ७२ वर्षीय भीम बहादुर गुरुङ रहेका छन् ।
बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तीमा अनियन्त्रित भई सडक छेउमा रोकी राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइतेमध्ये पोखरा–१५ का सुरेश ट्याक्सी चालक हुन् । घाइतेहरुलाई उपचारका लागि युुनाइटेड मिसन अस्पताल लगिएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।