बझाङमा फेरि भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८० आश्विन २५, बिहीबार ०८:१६
file-photo

बझाङ । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस भएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट भूकम्प गएको भूकम्पविद् डा. शिव सुवेदीले जानकारी दिए ।

गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको उनले बताए ।

उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक–पटक भूकम्पको परकम्प गएका छन् ।

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।