नर्सिङ लाइसेन्सको परीक्षा मंसिरमा हुने

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार १६:२८
file photo

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा आगामी मंसिर ९ गते हुने भएको छ ।

परिषद्को अनुसार परीक्षार्थीले नर्सिङ लाइसेन्स परीक्षाको लागि नियमित दस्तुरमा असोज २१ गतेदेखि कात्तिक २० गतेसम्म फारम भर्नुपर्ने छ । दोब्बर दस्तुरमा कात्तिक २१ गतेदेखि २३ गतेसम्म फारम भर्न पाइने छ ।

परिषद्ले परीक्षार्थी आफैंले अनलाइन फारम भर्नुपर्ने र परीक्षा फारम भर्दा परीक्षार्थीको आफ्नै इमेल र मोबाइल नम्बर प्रयोग गर्नुपर्ने जनाएको छ ।

परिषद्को सूचना अनुसार २०७७ असोज १५ गतेदेखि नेपाल बाहिर अध्ययन गर्ने परीक्षार्थीले चिकित्सा शिक्षा आयोगको इलिजिबिलिटी लेटर अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ ।

परीक्षा फारम दस्तुर नियमित तर्फ तीन हजार १०० रहेको छ ।