मोटरसाइकल दुर्घटना हुँदा गुरुङको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार १६:१३

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा परेर भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार, मृतक गुरुङ मोटरसाइकल पछाडी सवार थिए ।

यस्तै, मोटरसाइकल चालकलाई भने दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पठाइएको जनाइएको छ ।