डेंगू संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु

बुटवल । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगू संक्रमणबाट मृत्यु भएको हो ।
उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको थियो ।