हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङबाट लागूऔषध गाँजा १० किलो ३५० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्साको मधुवन गाउँपालिका वडा नम्बर–२ बस्ने ४० वर्षीय सलामा खातुन र हेटौंडा–१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउँदै गरेको ग ७ ख २२४० नम्वरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले ना ६ ख १५८६ नम्बरको बसबाट सलामा खातुन र ना २ ख २२४० नम्बरको बसबाट सामुएल प्रजालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
