नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिको दिन सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० भाद्र २६, मंगलवार १२:५०
file-photo

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई सरकारले राजकीय सम्मान दिनेसमेत निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको आकस्मिक बैठक बसेको थियो ।

उनको अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।

उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक विदा हुने छ ।