वडा सचिव पन्त मृत अवस्थामा भेटिए
धनगढी । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा भेटिएका छन् ।
अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
बैतडीको पाटन नगरपालिका–१ घर भएका ५८ वर्षीय पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।
पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।