माछा मार्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु, चार जना पक्राउ

वालिङ । स्याङ्जामा आज बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
बिहान २ बजे वालिङ नगरपालिका वडा नम्वर ६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।
प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ ।
मृतक थापाको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।