हेटौंडामा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १७, आईतवार १६:२०

मकवानपुर । हेटौंडामा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय ती पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार ती पुरुष हेटौंडा उपमहानगरपालिका वडा नं.१५ संसारी पुल मुनी भदौ ७ गते अचेत अवस्थामा फेला परेका थिए । उनको उद्धार गरी चितवनको भरतपुर अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा शनिबार साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ती पुरुषको मृत्यु भएपछि आफन्तको खोजी भइरहेको जनाइएको छ ।