निर्माणाधिन घरको छतबाट लडेर हेटौंडाकी खड्काको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १७, आईतवार १६:१४
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा शनिबार दिउँसो निर्माणधिन घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० बर्षीया लक्ष्मी खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, खड्का इट्टा बोक्ने क्रममा स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट लडेकी थिइन् । उनको तत्काल उद्धार गरी चुरेहिल अस्पताल ल्याईएकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।