धनगढीमा अटो दूर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १६, शनिबार १०:२४
सांकेतिक तस्वीर

धनगढी । धनगढीमा अटो दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ५० वर्षीय गंगा केसी रहेका छन् ।

शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो दूर्घटना भएको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।