सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार १५:५७
सांकृतिक तस्वीर

बैतडी । बैतडीमा विषालु सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीय पार्वती घटाल रहेका छन् ।

गएराति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।

उनका अनुसार, सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो । जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुने भएपनि अस्पताल नल्याउँदा सर्पले टोकेका उनको मृत्यु भएको हो ।