पाल्पामा गुडिरहेको स्कर्पियोमाथि पहिरो खस्यो, ५ जना घाइते

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियोमाथि पहिरो खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त घटनामा जीपमा सवार पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीको उद्दार टोली घटनास्थलतर्फ जाँदै गरेको जनाएको छ ।