मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार ०८:२७

धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परेर मंगलबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय सुनिल सार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुुुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उक्र स्थानमा दुर्घटना हुँदा सार्की गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतक सार्की मोटरसाइकल चालक हुन् ।