मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पा । पाल्पामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तानसेन–तम्घास सडकखण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थारू घाइते भएका छन् । घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पले जनाएको छ ।
