पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक ५ दिनपछि खुल्यो

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार १६:४७

म्याग्दी । पहिरोका कारण अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि पुनः संचालनमा आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिरो पन्छाई आजदेखि पुनः यातायात संचालनमा ल्याएको हो ।

उक्त सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बिहान सडक खुलाइएको जानकारी दिए ।