पाँच एआईजीको एकै पटक सरुवा
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको एकै पटक सरुवा गरेको छ ।
सरूवा हुनेहरुमा दीपक थापा, सन्दीप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र टेकप्रसाद राई रहेका छन् ।
एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ ।
