हेटौंडामा मनाइयो २९ औं तामाङ प्रसारण दिवस

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार १८:१८

मकवानपुर । मकवानपुरको हेटौंडामा २९ औं तामाङ प्रसारण दिवस मनाइएको छ । तामाङ पत्रकार सघ मकवानपुरले शुक्रबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरी तामाङ प्रसारण दिवस मनाएको हो ।

कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तानको सभााध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रमुख घलानलले कला, संस्कृति संरक्षण र सम्वद्र्धनका लागि तामाङ प्रसारण दिवसले सहयोग पुर्याएको बताए । तामाङ पत्रकारहको हकहितका लागि सहयोग गरिने प्रतिबद्वता उनले जनाए ।

सो प्रसारण दिवसको अवसरमा रेडियो मकवानपुरकी सञ्चारकर्मी दुदूमाया सिन्तानलाई तामाङ पत्रकारिता पुरस्कार—२०८० बाट नगद ५ हजारसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम् थिङ, हेटौंडा—१५ का वडाध्यक्ष सुनिल मोक्तान, हेटौंडा—१३ का वडाअध्यक्ष पेम्बा लामा, नेपाल तामाङ घेदुङ संघीय सदस्य मेम्बार लो, सुवास सिन्तान, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, तामाङ पत्रकार सघ संघीय सदस्य तथा मकवानपुर सस्थापक अध्यक्ष आदर्श थोकर,  नेपाल तामाङ घेदुङ मकवानपुर अध्यक्ष कालु घलान, सचिव किरणमान बल, सल्लाहकार राजकुमार गोले, तामाङ कलाकार संघ अध्यक्ष धिरेन लामा, आदिवासी जनजाति महासंघ मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर अध्यक्ष अशोकसुजन श्रेष्ठ, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, प्रेस युनियन मकवानपुर उपाध्यक्ष कपिल खड्का, हिमराइट्स् मकवानपुर कार्यक्रम सयोजक कुमारी वाइबा, विद्यार्थी घेदुङ प्रदेश सचिव इशा पाख्रिन र जिल्ला अध्यक्ष छ्योइसाङ लामालगायतको सहभागिता रहेको थियो ।