भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण ३१, बुधबार १०:१५
file photo

झापा । झापामा मंगलबार साँझ भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका–४ निवासी ६७ वर्षीय डोरप्रसाद खनाल रहेको प्रहरी कार्यालयले झापाले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल–५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको भारतीय कारले विपरीत दिशातर्फ गइरहेको मे ७ प ४६४४ मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खनाललाई उपचारका लागि दमकस्थित पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार, कार चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।