कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

तु खबर संवाददाता
२०८० श्रावण ३०, मंगलवार १६:१५
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दैछ ।

बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधिक समस्या नआएको खण्डमा आजै साँझसम्म नतिजा सार्वजनिक गरिनेछ ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीको सहभागिता रहेको थियो ।