भारतको हिमाञ्चलमा पहिरोमा परेर ५० को ज्यान गयो
शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको ज्यान गएको छ ।
जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरू बन्द भएका छन् भने कयौँ घरहरु भत्किएका छन् ।
जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण कम्तीमा १९ जनाको ज्यान गएको र धेरैको शव निकालिएको छ । शिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशङ्का गरिएको छ ।
शिमलामा दुई ठाउँमा पहिरो गएको र मन्दिर नजिकैको पहिरो तीमध्ये एउटा हो, शिमलामा भारी वर्षा भइरहेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरुका अनुसार, फागली क्षेत्रमा दोस्रो पहिरो गएको र त्यहाँको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको र १७ जनालाई उद्धार गरिएको छ ।
