पहिरोका कारण अवरुद्ध भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा

तु खबर संवाददाता
२०८० श्रावण २८,आईतवार १५:४४
file-photo

मकवानपुर । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको भैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालनमा आएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्वर ४ स्थित गोल्पिङबेसीमा माथिबाट खसेको पहिरोको कारण अवरुद्ध बनेको उक्त सडकखण्डमा यातायात संचालनमा आएको हो ।

दिउँसो साढे २ बजेको समयमा गएको पहिरो करिब एक घण्टापश्चात पुनः संचालनमा आएको हो ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारी साधनहरु रोकिएको थियो ।

उक्त स्थानमा यसअघि पनि पटक–पटक पहिरो जाने गरेको थियो ।