चिरख्वा हाइड्रोपावरको आइपीओ आजबाट खुल्ला

काठमाडौं । चिरख्वा हाइड्रोपावरले आजबाट आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुल्ला गरेको हो ।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस आधारमा १ सय अङ्कित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको छ ।
स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।