मकवानपुरको भीमफेदीमा पहिरोले दुई घर पुरियो
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेमा शनिबार दिउँसो पहिरोले दुई घर पुरिएको छ ।
दिउँसो सवा १ बजेको समयमा वर्षासँगै माथिबाट खसेको पहिरोले स्थानीय ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएको दुई वटा घर पुरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, पहिरोले मानवीय र पशु चौपायाको क्षति भने भएको छैन । पहिरोको कारण हेटौंडा–भैंसे-पालुङ -नौबिसे हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।