चीनको हेबई प्रान्तमा बाढीमा परेर २९ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण २७, शनिबार ०८:१०
file photo

बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीमा परेर २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा विस्थापित गरिएको छ ।

साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५.८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ । एजेन्सी