हेटौंडामा २९ औं तामाङ प्रशारण दिवस मनाइने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २९ औं तामाङ प्रशारण दिवस मनाइने भएको छ । तामाङ पत्रकार संघ मकवानपुर कार्यसमितिको बैठकले आगामी भदौ १ गते तामाङ प्रशारण दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाले दिवस मनाउने निर्णय गरेको संघका अध्यक्ष जयराम मोक्तानले जानकारी दिए ।
यस्तै, तामाङ पत्रकार संघ केन्द्रीय समितिको सर्कुलर अनुसार तामाङ मिडिया अवार्ड–२०८० को लागिको छनौटका लागि एक जना पुरुष र एक जना सक्रिय महिला पत्रकारको नाम सिफारिस गरिएको छ ।
मकवानपुर जिल्लाबाट ताम्सालिङ खबर डटकमका संचालक दीलबहादुर लामा र समृद्ध समाज राष्ट्रिय दैनिकी संवाददाता जमुना थिङको नाम सिफारिस गरिएको अध्यक्ष मोक्तानले बताए ।