घरायसी विवादका कारण श्रीमतीको हत्या
काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा एक युवकले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका अनुसार स्थानीय ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले श्रीमती २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिइसकेको छ ।
घरायसी विवादका कारण श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
