सरकारको समर्थनलाई निरन्तरता दिने जनमत पार्टीको निर्णय

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार ०८:२७
file-photo

काठमाडौं । जनमत पार्टीले संघ र प्रदेश सरकारको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने बताएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारले पार्टीलाई सरकारमा सहभागी गराउन ढिलाई गरेको समेत सो बैठकको निष्कर्ष छ । त्यसैले पार्टीभित्र सरकारलाई दिइएको समर्थन फिर्ता लिन आवाज उठिरहेका बेला अध्यक्ष राउतले वर्तमान सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने स्पष्ट पारेका छन् ।

सो पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, अध्यक्ष राउतले बैठकमा संघमा मन्त्रालयको बारेमा छलफल भइरहेको बताउँदै त्यसको पनि चाँडै टुगों लाग्ने बताए ।

बैठकमा २४ जिल्लाका केन्द्रीय सदस्यहरु सहभागी थिए । प्रत्येक जिल्लाका केन्द्रीय सदस्यले आफूमध्येबाट एक जना नेता चयन गर्न बैठकमा बोल्न लगाएका थिए । मिसन ८४ लाई कसरी अगाडि बढाउने नेताहरुले सुझाव दिएका थिए ।