दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार ०८:५३
सांकेतिक तस्वीर

धनगढी । कैलालीमा आइतबार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ । उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

घाइते ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।