मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा गएराति सवारी दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल सोही स्थानमा सडकमै बिग्रिएर रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किदा दुई जना युवकको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेहरुमा मोटसाइकल चालक मनहरी ९ का २२ वर्षीय शम्भु गिरी र सवार २१ वर्षीय सुशिल गिरी रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
