गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरि–४ को पानीघाटमाथि मारूती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार भएको उक्त दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
थानकोटबाट चित्लाङ आउँदै गरेको बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ रहेका छन् ।
गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई भने सकुशल उद्धार गरिरएको थियो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
