जिम हाउस भत्किँदा ११ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण ८, सोमबार १५:५२
सांकेतिक तस्वीर

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किँदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।

सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ ।

मृतकमध्ये धेरैजसो बालबालिका छन् । प्रहरीले जिम हाउस संचालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । बीबीसी