पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गयो

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको ज्यान गएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोमा परेर मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् ।
यस्तै, सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि पहिरोमा परेर घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।