दुर्घटनामा परेर मकवानपुरका श्रेष्ठको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तीनगरस्थित टेम्पुले ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । उक्त सडकमा बा.१ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका–१ घर भई काठमाडौं शान्तीनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, सोही टेम्पुको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्री घाइते भएका छन् । घाइतेमध्ये १ जनाको केएमसी अस्पताल सिनामंगल र १ जना सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ ।
प्रहरीले टेम्पु चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
