मकवानपुर प्रहरीद्वारा अवैध कपडा तथा खाद्यन्न बरामद

तु खबर संवाददाता
२०८० श्रावण १, सोमबार ०९:११
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले अबैध भन्सार छलिचोरी पैठारी गरी ल्याईएको अवैध कपडा तथा खाद्यन्न बरामद गरेको छ ।

प्रहरीले शनिबार  हेटौंडा उपमहानगरपालिका वडा नमवर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सडकखण्डबाट अवैध कपडा बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रु बाहक बसहरुलाई रोकी चेकजाच गर्ने क्रममा बसको पछाडीको डिक्की भित्र लुकाईछिपाई भन्सार छलि चोरी पैठारी गरी ल्याएको ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको १००० थान लेडिज कुर्थां र २८ हजार ८ सय रुपैयाँ मूल्य बराबरको २४ किलो काजु बरामद गरेको हो ।

बरामद उक्त कपडा तथा खाद्यन्न आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको पहरी नायव उपरीक्षक कार्कीले बताए ।