करेन्ट लागेर ५ जना बोलबम यात्रीको मृत्यु
काठमाडौं । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ । उक्त घटना उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति भएको हो ।
बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेरठ डिस्ट्रिक मजिष्ट्रेट दीपक मिणाले जानकारी दिएका छन् ।
अन्य ५ जना घाइतेहरुको गम्भीर अवस्थामा उपचार भइरहेको उनले बताए ।
