देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, कुन प्रदेशमा कति सकियो ?

तु खबर संवाददाता
२०८० असार ३०, शनिबार १५:३०
file photo

काठमाडौं । देशभर हालसम्म ५३ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर जम्मा ५३ प्रतिशत मात्र रोपाइँ सकिएको पाइएको हो ।

मन्त्रालयका अनुसार, १३ लाख ५७ हजार हेक्टरमध्ये ७ लाख १८ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ । हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ हालसम्म ८५ प्रतिशत रोपाइँ सकिएको छ ।

यस्तै, सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा सकिएको छ । त्यहाँ हालसम्म २८ प्रतिशत रोपाइँ सकिएको छ । यसैगरी, कर्णाली प्रदेशमा ७० प्रतिशत, लुम्बिनी प्रदेशमा ६४ प्रतिशत, गण्डकी प्रदेशमा ४७ प्रतिशत, बागमती प्रदेशमा ४५ प्रतिशत र कोशी प्रदेशमा ५६ प्रतिशत रोपाइँ सकिएको छ ।

ढिलो गरी मनसुन सक्रिय भएपनि सबैतिर एक नाशले पानी नपरेको कारण धान रोपाइँमा ढिलो भई रहेको कृषि मन्त्रालयले जनाएको छ ।