चान्द्रमासअनुसार साउने सोमबार सुरु
काठमाडौं । चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत सोमबारदेखि सुरु भएको छ ।
सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।
समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए ।
