रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या
रौतहट । रौतहटमा आमा र छोरीको हत्या भएको छ । जिल्लाको मौलापुर नगरपालिका–४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो ।
घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारका सदस्यहरु फरार रहेका छन् ।
उनीहरुको खोजीकार्य हुनका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
