बागमती प्रदेशमा २२ प्रतिशत रोपाइँ सकियो
मकवानपुर । बागमती प्रदेशमा हालसम्म २२ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लमा गरी हालसम्म २२ प्रतिशत धान रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेशको चितवनमा २० प्रतिशत, मकवानपुरमा १५, धादिंगमा १७, काभ्रेमामा ३५, सिन्धुपाल्चोकमा ३२ प्रतिशत धान रोपाइँ सकिएको हो । प्रदेशको अन्य जिल्लामा पनि निकै कम मात्रामा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका प्रमुख तेज प्रसाद दवाडीले जानकारी दिए ।
प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भर पर्नुपर्ने, खोलाको मूलबाट सिचाई गर्नुपर्ने भएकाले धान रोपाइँमा समस्या रहेको उनले बताए ।
उनका अनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।
