दुर्घटनामा परेर स्वास्थ्यकर्मीको मृत्यु

तु खबर संवाददाता
२०८० असार १५, शुक्रबार १९:००
सांकेतिक तस्वीर

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना स्वास्थ्यकर्मीको मुत्यु भएको छ । मुत्यु हुनेमा शान्तिनगर गाउँपालिका–७ खैरेनीका ३३ वर्षीय ताराप्रसाद बिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक विक स्वास्थ्य चौकी राजपुरका निमित्त प्रमुख हुन् । बुधवार राति राजपुर गाउँपालिका–५ जंग्रहवा चोकमा नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका विकको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अमृत रोकाको लमहीमा उपचार भइरहेका जनाइएको छ ।