हेटौंडा दुर्घटना अपडेट : घाइते ५२ जनाकै पहिचान खुल्यो (नामावलीसहित)

तु खबर संवाददाता
२०८० असार १५, शुक्रबार १७:०३

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरमा आज अपराह्न भएको यात्रुवहाक बस दुर्घटना परेर घाइते भएकाहरुको पहिचान खुलेको छ ।

चितवनको नारायगढबाट जनकपुरतर्फ जान आइरहेको ना ६ ख ९८०४ नम्वरको यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ५२ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको र उनलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपश्चात चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर घाइते भएका २१ जनाको हेटौंडास्थित चुरेहिल अस्पताल र ३० जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

हेटौंडा अस्पतालमा उपचाररत बिरामी नामावली ।

१. मकवानपुरको हेटौंडा उउपमहानगरपालिका–१२, कल्याण टार बस्ने बर्ष ३० को हस्तबहादुर घिमिरे (टाउकोमा चोट, दाहिने हात र ढाडमा भित्र चोट अवस्था मध्यम ।)
२. रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ बस्ने वर्ष ५० को मोहन गुरूङ (बाया घुडामा काटेको अवस्था मध्यम ।)
३. रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ बस्ने वर्ष ४० की धनकुमारी गुरुङ (छातिमा भित्री चोट अवस्था मध्यम ।)
४.सर्लाहीको बरथवा नगरपालिका–७ बस्ने वर्ष ७० को शुभकान्त मिश्र (टाउको र कानमा चोट अवस्था मध्यम ।)
५. महोत्तरीको बलवा नगरपालिका–५ बस्ने वर्ष ७२ को हितलाल बैठा (बाया कुममा चोट अवस्था मध्यम ।)
६. महोत्तरीको बलवा नगरपालिका–५ बस्ने वर्ष २४ को ज्ञान कुमार बैठा ( टाउकोमा चोट अवस्था मध्यम ।)
७. बाराको कोल्हबी नगरपालिका– ५, सखुवा टोल बस्ने वर्ष ३८ को सारदा संकर चौधरी (घुडामा भित्री चोट सामान्य ।)
८. रौतहटको बिन्द्राबन नगरपालिका–४, सखुवा बस्ने वर्ष ३२ संजय पटेल (हात र कम्मरमा चोट अवस्था मध्यम ।)
९. सिन्धुलीको तिनपाटन गाउँपालिका–८, छरछरे बस्ने वर्ष ७३ को कृष्ण बहादुर बैजु (टाउ र छातिमा चोट अवस्था मध्यम ।)
१०. सिन्धुलीको तिनपाटन गाउँपालिका–८, छरछरे बस्ने वर्ष ३० को जोकेन्द्र बैजु (हातमा चोट अवस्था सामान्य ।)
११. चितवनको भरतपुर ममहानगरपालिका–१२, गोलबजार बस्ने वर्ष ७४ को राजेन्द्र प्रसाद चौलागाई (छातिमा भित्रि चोट अवस्था मध्यम ।)
१२. रौतहटको कटहरिया नगरपालिका–३ बस्ने वर्ष ३५ को संजय यादब (खुट्टा र पेटमा चोट अवस्था मध्यम ।)
१३. रौतहटको कटहरिया नगरपालिका–३ बस्ने वर्ष २२ को धर्बेन्द्र यादब (टाउको र हातमा चोट अवस्था मध्यम ।)
१४. रौतहटको कटहरिया नगरपालिका–३ बस्ने वर्ष ४० को उपेन्द्र यादब (टाउकोमा चोट अवस्था मध्यम ।)
१५. सर्लाहीको बागमती नगरपालिका–११, पुतली चोक बस्ने वर्ष ४५ को मानबहादुर थिङ (हातमा चोट अवस्था मध्यम ।)
१६. सर्लाहीको बागमती नगरपालिका–११, पुतली चोक बस्ने वर्ष ४५ की हरिमाया थिङ (ढाडमा चोट अवस्था मध्यम ।)
१. सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी बस्ने वर्ष ५० को मानबहादुर घिसिङ (टाउकोमा चोट अवस्था मध्यम ।)
१८. रौतहटको चपुर नगरपालिका–९, सन्तपुर बस्ने वर्ष २८ की मन्जु महत्तो – गाला चोटमा अवस्था सामान्य ।)
१९. रौतहटको चपुर नगरपालिका–९, सन्तपुर बस्ने वर्ष ७ को एडिसन चौधरी –अवस्था सामान्य ।)
२०. रौतहटको बिन्द्राबन नगरपालिका–४ बस्ने वर्ष ३३ को राजेस माली (ढाडमा चोट अवस्था मध्यम ।)
२१. पर्साको वीरगंज महानगरपालिका–१६, नगुवा बस्ने वर्ष १९ को राहुल यादब ( ओठ र ढाडमा चोट अवस्था मध्यम ।)
२२. महोत्तरीको भङहा नगरपालिका–१, सर्लाही गाउँ बस्ने वर्ष ३० की ननिता देबी राज (कोखामा चोट ।)
२३. सुनसरीको रामधुनि नगरपालिका–९, मरचैया बस्ने वर्ष २३ की कबिता चौधरी (घुडामा चोट अवस्था मध्यम ।)
२४. सुनसरीको रामधुनि नगरपालिका–९, मरचैया बस्ने वर्ष ३० की दिबियांका चौधरी (अवस्था सामान्य ।)
२५. सर्लाहीको कवलासी नगरपालिका–४, हेम्पो बस्ने वर्ष ५५ को चेतन यादब (ढाडमा चोट अवस्था मध्यम ।)
२६. सर्लाहीको कवलासी नगरपालिका–४, हेम्पो बस्ने वर्ष ४० को लालबाबु राय ( टाउकोमा चोट अवस्था मध्यम ।)
२७. सर्लाहीको कवलासी नगरपालिका–४, हेम्पो बस्ने वर्ष ३५ को फेकुरा यादब ( टाउकोमा चोट अवस्था मध्यम ।)
२८. सर्लाहीको कवलासी नगरपालिका–४, हेम्पो बस्ने वर्ष ३० को रमेश कुमार यादब (तिघ्रामा चोट अवस्था मध्यम ।)
२९. काठमाडौं महानगरपालिका बल्खू बस्ने वर्ष ६९ को हरिहर सापकोटा (तिघ्रामा चोट अवस्था मध्यम ।)
३०. काठमाडौं महानगरपालिका बल्खू बस्ने वर्ष ६४ की धनलक्ष्मी शिवाकोटी सापकोटा (कुममा चोट अवस्था मध्यम ।)

चुरेहिल अस्पतालमा उपचाररत बिरामीको नामावली ।

१.मकवानपुरको हेटौंडा–३, बसामाडी बस्ने वर्ष ३५ को बिनोद कुमार मिश्र (अवस्था मध्यम ।)
२. पर्साको वीरगज महानगरपालिका–८, बस्ने वर्ष ४७ को दिपक कुमार कलुवार ( अवस्था मध्यम ।)
३. नबलपुरको गैडाकोट ७ बस्ने वर्ष ३० को केश बहादुर कुमाल –अवस्था सामान्य ।)
४.नबलपुरको गैडाकोट ७ बस्ने वर्ष २७ की बिनु कुमाल (अवस्थामा सामान्य ।)
५.रौतहतको बिश्रामपुर नगरपालिका–४ बस्ने वर्ष २५ को दिनेश पटेल (अवस्था सामान्य ।)
६.रौतहतको बिश्रामपुर नगरपालिका–४ बस्ने वर्ष ३७ को बिबेक पटेल (अवस्था सामन्य ।)
७. सर्लाहीको हरिवन ननगरपालिका–१ बस्ने वर्ष २८ को बिरेन्द्र महतो (अवस्था सामान्य ।)
८.सर्लाहीको पसाहा गाउँपालिका–५, बस्नर वर्ष २० को चन्दन महतो (अबस्था सामान्य ।)
९.रौतहटको बृद्राबन नगरपालिका–४, बस्ने वर्ष ३८ को हरेन्द्र राउत कुर्मी (अवस्था सामान्य ।)
१०. सप्तरीको राजबिराज–१, बस्ने वर्ष २४ को सिनु कुमार राम (अवस्था सामान्य ।)
११. मकवानपुरको मनहरी गाउँपालिका–९, बस्ने वर्ष २८ को हन्ना गोले (अवस्थामा सामान्य ।)
१२. मकवानपुरको मनहरी गाउँपालिका–९, बस्ने वर्ष ३ को सहन मोक्तान (अवस्था सामन्य ।)ं
१३. चितवनको माडी नगरपालिका–३, बस्ने वर्ष २२ को रुपेन्द्र पादे (अवस्था सामान्य )
१४. भोजपुरको साउता गाउँपालिका–३, बस्ने वर्ष २८ को समित तामाङ (अबस्था सामान्य ।)
१५. काठमाडौं महानगरपालिका–४ टोका बस्ने वर्ष २२ को निश्चल वनजाडे (अबस्था सामान्य ।)
१६. सिन्धुलीको मरिन गाउँपालिका–३, बस्ने वर्ष ४० को पदम बहादुर मोक्तान –अवस्था सामान्य ।)
१७. सिन्धुलीको मरिन गाउँपालिका–३, बस्ने वर्ष २० को अमर तामाङ –अवस्था सामान्य ।)
१८. सिन्धुलीको मरिन गाउँपालिका–३, बस्ने वर्ष १८ सरोज मोक्तान (अवस्था सामान्य ।)
१९. बाराको सुर्बण गाउँपालिका–४, बस्ने वर्ष २१ को उपेन्द्र यादब (अवस्था सामान्य ।)
२०. सर्लाहीको भर्तवा नगरपालिका– ७ बस्ने वर्ष ३८ को अवदेश मिश्र (अवस्था सामान्य ।)
२१. रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने वर्ष ४० की लक्ष्मी साह (अवस्था मध्यम ।)

चितवन रिफर गरिएको बिरामी ।
१. महोतरीको जलेश्वर नगरपालिका–१ बस्ने वर्ष ३२ को राकेश पाण्डे (टाउकोमा चोट अवस्था गम्भीर । )