इन्द्रसरोवरको बजेट कुल ४४ करोड ३४ लाख

२०८० असार ११, सोमबार ०९:५४

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ ।
पालिकाकी उपाध्यक्ष उमाकुमारी लामाले आइतबारको १२ औं गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट सार्वजनिक गरेकी हुन् ।
उपाध्यक्ष लामाले पालिकाको तर्फबाट आगामी आवको लागि कुल ४४ करोड ३४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।