यस वर्षको मनसुन भित्रियो

तु खबर संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १६:१६
file-photo

काठमाडौं । यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर, यो वर्ष जुन १४ अथात् जेठ ३१ गते देशका कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाले नेपालको अन्य भू–भागहरूमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने बताएको छ ।