विवाहबाट फर्केको डुंगा पल्टिँदा एक सय जनाको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ ३१, बुधबार ०९:२८

अबुजा । उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुंगा पल्टिँदा उनीहरुको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् ।

छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुंगा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए । बिहान करिब ३ बजे दुर्घटना भएको र झण्डै दुई घण्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।

अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन् । एजेन्सी